झापा ,२६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ २९ गते झापा आउनुहुने भएको छ ।
नेकपा माओवादी केन्द्र झापाले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी दाहाल भदौ २९ गते झापा आउने तय भएको जानकारी दिएको हो ।
बिर्तामोडमा ३० गते आयोजना गरीएको कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि दाहाल झापा आउन लागेको माओवादी केन्द्र झापाका इन्चार्ज झलकसिंह दर्लामीले जानकारी दिनुभयो ।
सोही अबसरमा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्र प्रवेश गर्नेहरूलाई दाहालले स्वागत गर्ने कार्यक्रम पनि तय गरिएको जिल्लास्थित पार्टीका नेताहरूले बताएका छन् ।
करिब ६ बर्षपछि झापा आउन लाग्नुभएका दाहाल ३० गतेनै राजधानी फर्कने सो पार्टीले जनाएको छ ।