Logo

मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न अध्यक्ष लिङदेनको आग्रह



काठमाडौं, २४ भदौ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनले चाडवाड नजिकिदै गर्दा सबै उपभोग्य वस्तुहरुको चर्को मूल्यवृद्धि भइरहेको बताउनुभएको हो । उहाँले सरकारले जनजिविका र जनताको समस्याहरुमा ध्यान केन्द्रित गर्न नसकेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उहाँले मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले कडा रुपमा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष लिङदेनले सरकारले उपभोक्ताको हितलाई ध्यान दिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्