Logo

मेची भन्सारबाट तीन अर्ब ५८ करोड राजस्व सङ्कलन



काठमाडौं, ४ कात्तिक । मेची भन्सार कार्यालयले आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासिकमा तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो ।

चालु आव २०८१/८२ मा उक्त कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिनुभयो ।

आव २०८०/८१ को सोही अवधिमा तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार सङ्कलन भएको थियो । उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा १९ करोड १७ लाख ४१ हजार रुपैयाँले बढी हो ।

आर्थिक वर्ष २०८०/८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो ।

आव २०८१/८२ मा गत आवको भन्दा ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्