Logo

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर



काठमाण्डौ, १ फागुन । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर बढेको हो। हिजो कुबेती र बहराइन दिनारको मूल्यमा निकै गिरावट आएको छ। आज ती मुद्रा पनि महँगिएका छन्।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ३४ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २३ पैसा थियो।

यही माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४४ रुपैया ०६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ६८ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४३ रुपैया ०२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६४ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ६० पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १४ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ १६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३५ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ३० पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ २५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ ७१ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ७९ रुपैयाँ ६५ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर तीन सय ७९ रुपैयाँ ३३ पैसा थियो।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

प्रतिक्रिया दिनुहोस्