Logo

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर



काठमाडौं, २१ फागुन । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको विनियमदर घटेको छ। तर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ। अमेरिकी डलरको मूल्य हिजो पनि घटेको थियो। युरो र पाउन्डको मूल्य हिजो पनि बढेको थियो।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ९३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ १० पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ १८ पैसा कायम भएको छ। हिजो युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ४१ पैसा थियो।

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ ९५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ २३ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा थियो।

आज कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ ४२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ ७४ पैसा थियो।

त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ७० रुपैयाँ १० पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ ६९ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्