Logo

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर



काठमाडौँ, १२ फागुन । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आज युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको विनियमदर घटेको छ। कुबेती दिनारको विनियमदर भने बढेको छ। तर, अमेरिकी डलरको विनियमदर विगत तीन दिनदेखि स्थिर छ।

आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ८० पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा छ। हिजो युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा थियो।

त्यसैगरि पाउन्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९१ पैसा थियो।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४१ पैसा छ। हिजो अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४५ पैसा थियो।

त्यसैगरि कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४५० रुपैयाँ ७३ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ५० पैसा थियो।

त्यसैगरि बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ८३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९७ पैसा थियो।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने छ। अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध छ।

सूचीमा हेर्नुहोस् सबै विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया दिनुहोस्