Logo

‘यूएसएआईडी’ अन्तर्गत सञ्चालनमा रहेका कुनै पनि कार्यक्रम अघि नबढाउन अर्थ मन्त्रालयकाे निर्देशन



काठमाण्डाै, १४ माघ ।  अर्थ मन्त्रालयले अमेरिकी सहयोग ‘यूएसएआईडी’ अन्तर्गत सञ्चालनमा रहेका कुनै पनि कार्यक्रम अघि नबढाउन निर्देशन दिएको छ ।

अमेरिकी सरकारले तीन महिनाका लागि सबै प्रकारका अनुदान रोकेको पत्र अर्थ मन्त्रालयलाई यसअघि नै पठाइसकेको छ । अर्थ मन्त्रालयले आज सूचना निकालेर स्थगित भएका आयोजनाअन्तर्गत यूएसएआईडी स्राेततर्फ कुनै पनि दायित्व सिर्जना हुनेगरी काम नगर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिएको हो ।

नेपाल र यूएसएआईडीबीच सन् २०२२ को मे ५ तारिखमा ६९ करोड ८० लाख अमेरिकी डलर अर्थात् ९४ अर्ब २३ करोड रुपैयाँको विकास उद्देश्य सम्झौता भएको थियो ।

रोकिएको अनुदान सहायतामध्ये सबैभन्दा ठूलो विकास उद्देश्य सम्झौताअन्तर्गतका परियोजना पनि समावेश छन् । यो आयोजनाअन्तर्गत स्वास्थ्य, कृषि, शिक्षा र समावेशी विकास कार्यक्रम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्