झापा, ५ माघ । अर्जुनधारा नगरपालिकाको आयोजनामा सहकारी ब्यवसायीक योजना तर्जुमा सम्बन्धि तीन दिवसीय तालीम सम्पन्न भएको छ ।
नगरभरीका दर्ता भएका ३१ ओटा सहकारी क्षेत्रमा रहेका बचत, कृषि, औषधीजन्य कार्य गर्ने सहकारी तथा अन्य स्थानमा कार्यालय रहेका सहकारीका अध्यक्ष, सचिव, ब्यवस्थापक, लेखा समिति संयोजक एवम् प्रतिनिधिहरुको सहभागीतामा माघ २, ३ र ४ गते संचालित कार्यक्रममा शेयर सदस्य, बचत कर्ता, लगानी, रोक्का, जमानत, असुली, ब्यवस्थापन, संचालक समिति, लेखा समितिको काम कर्तव्य र सहकारी नीति र स्थानीय ऎन जोखिम सम्बन्धि र कार्य तर्जुमा र हिसाब कसरी राख्ने र सहकारी सफ्वेयर सम्बन्धि सहजीकरण प्रशिक्षक तिर्थ ओझाले गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थी महिला चेतना सहकारी खुदुनाबारीकी अध्यक्ष उमा थापा, शिस्ने सहकारी सस्था खुदुनाबारी शिस्नेका ब्यवस्थापक डिबि दर्नाल र प्रशिक्षक तिर्थ ओझा, गणेश भट्टराई लगायतले नगरले हामी स्थानीय तहमा यो प्रकारको तालीमले सहकारी सम्बन्धि आजको अवस्था, हुने जोखिम र न्यूनीकरण सम्बन्धि सहजीकरणले ठुलो ठेवा पुगेको बताएका छन् ।
कार्यक्रम सामाजिक बिकास बिकास संयोजक एवम् बोड सदस्य कौसीकलाल परियार ९भोला० को अध्यक्षतामा संचालित कार्यक्रमको सहजीकरण सामाजिक शाखाकी कर्मचारी पुष्पा पौडेलले गर्नु भएको थियो ।