Logo

रविलाई आज काठमाडौं ल्याइने



काठमाडौँ, ११ मंसिर । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याउन लागिएको हो । लामिछानेलाई काठमाडौँ ल्याउन बिहान साढे आठ बजेको बुद्ध एयरको जहाजको टिक बुकिङ भइसकेको छ ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ।

यसअघि सहकारी ठगी प्रकरणमै पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर बयान लिइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्