Logo

रविले दायर गरेको रिटमा कैफियत प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश



काठमाडौं, २२ बैशाख । उच्च अदालत पाटन, हेटौँडा इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी‍का सभापति रवि लामिछानेले दायर गरेको रिटमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

चितवनको सहारा सहकारीको रकम हिनामिना प्रकरणमा चितवन जिल्ला अदालतले लामिछानेसँग ५४ लाख धरौटी माग गरेको थियो । उक्त धरौटी बदरको माग गर्दै लामिछानेले उच्च अदालतमा रिट दायर गरेका थिए ।

आज न्यायाधीश शान्ता सेढाइँको इजलासले जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्