Logo

राजसंस्थाको पक्षमा भोलि हुने जनप्रदर्शनलाई राप्रपाको पनि साथ, सक्रिय सहभागी हुन आह्वान



काठमाडौं, १४ चैत । राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना तथा संघीयता खारेजीको मागसहित भोलि काठमाडौंमा हुन लागेको जनप्रदर्शनलाई राप्रपाले पनि खुलेर समर्थन गर्ने जनाएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भन्नुभयो, ‘भोलि चैत्र १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सक्रियतापूर्वक सहभागी हुन कार्यकर्ता पंक्ति र आम जनसमुदायमा हार्दिक अपील गर्दछु’।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टी पंति र आमजनतालाई अपिल गर्नुभएको छ ।

आज एक विज्ञप्ति निकाल्दै श्रेष्ठले पार्टीका तर्फबाट यस्तो अपिल गर्नुभएको हो।

विज्ञप्तिमा भनिएको छ ‘भोलि चैत १५ गते काठमाडौंको तिनकुनेमा हुने प्रदर्शन र आन्दोलनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ प्रदान गर्न पार्टी पंति र आम जनसमूदायलाई राप्रपा हार्दिक आह्वान गर्दछ ।’

यसैबीच राप्रपाको नक्कली लेटरप्याड बनाएर प्रवक्ताका नाममा भोलिको आन्दोलन स्थगित हुने भनि भ्रमपूर्ण प्रचार गरिएको श्रेष्ठले बताउनुभयो।

उहाले यस कार्यको भत्र्सना गर्दै भ्रममा नपर्न अनुरोध गर्नुभएको छ । समान विचार र उद्देश्य भएका सबैसँग सहकार्य, कार्यगत एकता र मोर्चा बनाएर आन्दोलनको मोर्चामा उभिन पार्टी प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्