Logo

राजसंस्था पुनःस्थापित गरेर कार्यकारी अधिकार प्रधानमन्त्रीलाई दिनुपर्छ : अध्यक्ष लिङ्देन



बुटवल, १७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनःस्थापित गरेर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने बताउनुभएको छ ।

राप्रपा लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेका बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान संघीयता असफल रहेको भन्दै प्रदेश व्यवस्था खारेज गर्नुपर्ने, संसद्लाई पुनः समानुपातिक बनाउने तथा निर्वाचित प्रधानमन्त्रीलाई २ कार्यकालसम्म सीमित गर्नुपर्ने बताउनुभयो ।

ठूला पार्टी मिलेर बनेको सरकारले आशा जगाउने कुनै काम नगरेको उहाले बताउनुभयो । मुलुकलाई स्थायित्व दिनका लागि भन्दै ठूला दल मिलेर बनेको सरकारको ७ महिनामा जनतामा आशा जगाउने कुनै काम गर्न नसकेको उहाको भनाई छ ।

यसअघिदेखि गर्दै आएको भ्रष्टाचारलाई संस्थागत र संरक्षण गर्ने तथा पहिले गरेको भ्रष्टाचारका कारण कारबाहीमा परिन्छ कि भन्दै आवश्यक कानून बनाएर जोगिनका लागि वर्तमान गठबन्धन बनेको उहाले आरोप लगाउनुभयो ।

अध्यादेशबाट देश चलाउन खोज्ने प्रयास असफल हुन थालेपछि सत्तारुढ दलहरू सांसद किनेर अध्यादेश पास गराउने खेलमा रहेको उहाले बताउनुभयो । अब अहिलेको व्यवस्था कुनै हालतमा काम नलाग्ने उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्