Logo

राप्रपाले लुम्बिनीमा शक्ति प्रदर्शन गर्ने

लिङ्देनसहितका शीर्ष नेताले सम्बोधन गर्दै



काठमाण्डौ, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनीले फागुन १७ गते शनिबार प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । केन्द्रबाट शीर्ष नेतालाई बोलाएर राप्रपाले कार्यक्रम गर्न लागेको हो ।

यसअघि गत साता पोखरामा भण्डाफोर सभा गरेको राप्रपाले शनिबार बुटवलमा आम सभा गर्न लागेको हो । १७ गतेको कार्यक्रममा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, ज्ञानेन्द्र शाही सहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।

पूर्व राजा ज्ञानेन्द्रले एक विज्ञप्ति जारी गर्दै देशको इतिहास मेटिँदै गएको र नेपालको अस्तित्व नासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेपछि राप्रपा उत्साहित बनेको छ । राप्रपाले ज्ञानेन्द्रको वक्तव्यलाई समर्थन जनाउँदै नवीन समझदारीमा आउन दलहरुलाई आग्रह गर्दै आइरहेको छ ।

पूर्व राजा शाहले देशलाई राम्रो होस भनेर आफूहरुले सबै कुरा त्याग गरेको र फेरि पनि आवश्यक परेमा त्याग गर्न तयार रहेको बताएका छन् । उनले आफूहरुले गरेको त्यागलाई असामान्य नठान्न घुमाउरो ढंगले दलका नेतालाई चेतावनी दिएपछि राजावादी दल राप्रपा हौसिएको छ ।

प्रतिक्रिया दिनुहोस्