झापा, १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन हल्दिबारीको पालिका स्तरीय अधिवेशन मंगलबार सम्पन्न भएको छ।
अधिवेशनले शान्ता शिवाकोटीको अध्यक्षतामा ३० सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ। समितिको उपाध्यक्षका रूपमा शुस्मा महरा र शारदा लिङ्देन, सचिवमा भगिरथा दाहाल, सहसचिवमा पूजा राई, र कोषाध्यक्षमा बिना मेचे चयन हुनुभएको छ ।
अधिवेशनसँगै संगठनकी सचिव विष्णु तामाङ्गको अध्यक्षतामा तीज मिलन कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का जिल्ला अध्यक्ष केशवप्रसाद ओझाको उपस्थिति रहेको थियो।
कार्यक्रममा महिला संगठनकी संस्थापक संरक्षक सिता थापा लिङ्देन, प्रदेश सांसद निमसरी राजवंशी, राप्रपाका जिल्ला उपाध्यक्ष सिता लम्साल, महिला संगठनकी जिल्ला अध्यक्ष शारदा रिजाल, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, गाउँ समिति अध्यक्ष एकराज राना मगर लगायत जिल्ला तथा क्षेत्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत भागिरथा दाहालले गर्नुभएको थियो भने नव निर्वाचित अध्यक्ष शान्ता शिवाकोटीले आगामी कार्य योजनाहरूको बारेमा प्रकाश पार्नुभएको थियो । अधिवेशनको समापनपछि सहभागीहरूले रमाइलो तीज मिलन कार्यक्रमको आनन्द लिएका थिए।