काठमाडौं, १६ असोज। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मउ वृद्धि मोटर्स प्राइभेट लिमिटेडबीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी ९रातो प्लेट० को नामी र सेरिज विद्युतीय गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ ।
बैंकले दिएको जानकारी अनुसार, कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेशनमा अंकित मूल्यको विद्युतीय गाडीको बढीमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढीमा सात वर्षसम्म कर्जा अवधि दिइने छ ।
यो सम्झौता २०८१ कात्तिक मसान्तसम्म मात्र लागू हुने छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर छन् ।
यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजास्थित रहेको कल सेन्टर अब २४ सैं घण्टा सञ्चालन हुने भएको छ । बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर २४ सैं घण्टा जानकारी लिन सकिने छ।
बैंकको सेवाका बारेमा जानकारी लिन चाहनेहरुलाई थप सहज भई बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।