Logo

रास्वपाको केन्द्रीय समिति बैठक जारी

मुकुल ढकाललाई हटाउने तयारी



काठमाडौं, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ । बैठक बिहान साढे ८ बजेदेखि बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

बैठकमा राष्ट्रिय भेलाका साथै पार्टीका समसामयीक गतिविधिबारे छलफल भइरहेको पाटी सहप्रवक्ता मनिष झाले बताउनुभयो । साथै, बैठकमा निलम्बित महामन्त्री मुकुल ढकाललाई सोधिएको स्पष्टीकरण र उहाँले उल्टै पार्टी सभापति रवि लामिछानेलाई गरेका प्रतिप्रश्नबारे पनि बैठकमा छलफल हुनेछ ।

रास्वपाले दोस्रो पटक स्पष्टीकरण सोधिएको डा. ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाउने विषयमा छलफल हुने एक नेताले बताउनुभयो ।

त्यसैगरी, बैठकमा आगामी असोजमा हुने, राष्ट्रिय भेला छाया सरकार सञ्चालन कार्यविधि, सङ्गठन सुदृढीकरण र विस्तार लगायत समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ । रास्वपाले आगामी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्