Logo

रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी डिपी अर्याललाई



काठमाडौं, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । रास्वपा केन्द्रीय सचिवालयको बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत बुटवल तुलसीपुर इजसालले जिल्ला अदालतको आदेश बदर गर्दै रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो ।

सभापति लामिछाने शुक्रबार राति पक्राउ भए लगत्तै पार्टीको सचिवालय बैठक बसेको हो । बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।

यस्तै, आज चैत २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्