Logo

रास्वपा सांसदलाई बोल्न दिनु पर्ने लिङदेनको माग (भिडिओ)



काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर जनाएको बिरोधमा राप्रपाका अधयक्ष राजेन्द्र लिङदेनले समर्थन जनाउनु भएको छ ।

रास्वपाका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताए पछि बिधुत बक्यौंता महशुलका बारेमा बोल्न खोज्दा माइक काटे पछि बिबाद सभामुख र रास्वपा बिच बढिरहेको बेला लिङदेनले समर्थन जनाउनु भएको हो ।

‘सांसदहरुलाइ बोल्न दिनु पर्छ, कुनै प्रतिबन्ध लगाउन पाईदैँन,’ लिङदेनले भन्नुभयो ।

सो अघि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिनु भएको थियो तर लामिछानेले कुनै कुरा नबोली सांसद ढकाललाई नै बोल्न दिनु पर्ने माग गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्