Logo

लिभरपुललाई दोश्रो पटक इंग्लिस प्रिमियर लिगको उपाधि



काठमाडौं, १५ वैशाख । लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लिभरपुलको यसअघि सन् २०१९/२० मा जुर्गेन क्लोपको नेतृत्वमा कोभिड–१९ महामारीको समयमा पनि उपाधि जितेको थियो ।

गएराति भएको खेलमा टोटेनहम हटस्परलाई ५–१ गोलले पराजित गरेसँगै लिभरपुलले उपाधि पक्का गरेको हो । दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम पाँच खेलबाट एक अङ्क मात्र आवश्यक थियो ।

३४ खेलमा ८२ अङ्कसहित शीर्ष स्थानको लिभरपुलले समान खेलमा ६७ अङ्क बनाएको आर्सनललाई १५ अङ्कले पछि पार्‍यो । टोटेनहम लगातार हारसँगै ३७ अङ्कसहित १६औँ स्थानमा यथावत् छ ।

गएराति भएको अर्को खेलमा बोर्नमाउथ र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन् । बोर्नमाउथ ३४ खेलमा ५० अङ्कसहित दशौँ स्थानमा र समान खेलमा युनाइटेड ३९ अङ्कसहित तालिकाको १४औं स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्