काठमाडौं, १२ चैत । नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ। मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा कार्यालयको डिजिटल बोर्डमा डिस्प्ले भएपछि एमालेका कार्यकर्ताले कुटपिट गरेका हुन्।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले कुटपिट गर्नेविरुद्ध लिखित उजुरी गर्न भनेको र उजुरी आएपछि संलग्नलाई कारबाही गर्ने बताउनुभयो।
प्रधानमन्त्रीविरुद्ध कार्यालयको डिजिटल बोर्डमा कसरी उक्त नारा डिस्प्ले भयो भन्ने पनि २४ घण्टाभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो।