काठमाडौं, २९ पुस । परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको दावी गर्नुभएको छ ।
आज अन्तर्राष्ट्रिय सम्बन्ध समितको बैठकमा बोल्दै उहाले कञ्चनपुरका जोशी जीवित रहेका र फर्केर आउने बताउनुभएको हो । उहाले भन्नुभयो, ‘विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनु हुन्छ भन्नेमा ढुक्क छु।’
मन्त्री राणाले विपिनको रिहाइका लागि कतारका राजदूतसँग आफूले फोनमा कुराकानी गरेको पनि बताउनु भयो ।