Logo

विर्तामोडका युवाले सुरु गरे संजीवनी इन्भेष्टमेण्ट कम्पनी



झापा, २९ चैत । विभिन्न क्षेत्रमा लगानी गर्ने उद्धेश्यले झापाको बिर्तामोडमा इन्भेष्टमेण्ट कम्पनी स्थापना गरिएको छ । विर्तामोडका एक सय बढी युवा मिलेर संजीवनी इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको स्थापना गरेका हुन् ।

बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमार्फत इन्भेष्टमेण्ट कम्पनीको स्थापना र उद्धेश्य बारे जानकारी दिईएको हो ।

बिर्तामोड ४ स्थित भद्रपुर रोडमा मुख्य कार्यालय रहेको इन्भेष्टमेण्ट कम्पनीको अधिकृत पूँजी २० करोड, जारी पूँजी ६ करोड ६० लाख र चुक्ता पूँजी ५ करोड २८ लाख रहेको कम्पनीका अध्यक्ष यामकुमार चुडालले जानकारी दिनुभयो ।

आगामी वर्षहरुमा राइट शेयर र आईपीओमार्फत कम्पनीको पूँजी वृद्धि गरिदै लैजाने र कम्पनीलाई सवल र सक्षम बनाई पुर्वको एक स्थापित कम्पनीको रुपमा स्थापना गर्न कम्पनीले विभिन्न उद्देश्य लिएर कार्य संचालन गर्ने अध्यक्ष चुडालले बताउनुभयो ।

बिर्तामोड संजीवनी इन्भेष्टमेण्ट कम्पनीले बैंक तथा वित्तिय संस्था साथै बैंक तथा विभिन्न कम्पनीबाट निष्काशित शेयर एवं अन्य
मुनाफामूलक क्षेत्र, जग्गा, जमीन हाउजिङ्ग परियोजना अपार्टमेन्ट तथा व्यापारिक कम्प्लेक्सहरु, भौतिक पूर्वाधार निर्माण, ठेक्का पट्टा, जलविद्युत परियोजना एवं विकासका परियोजनाहरुमा लगानी गरिने उहाले जानकारी दिनुभयो ।

संस्थाको कार्यालय चैत्र ३० गते शनिबारबाट विधिवत रुपमा सञ्चालनमा आउने अध्यक्ष चुडालले बताउनुभयो ।

आयात, निर्यात, शैक्षिक, स्वास्थ्य, शैक्षिक, हस्तकला, सुरक्षा, अनुसन्धान, बजार प्रवर्द्धन लगायतका क्षेत्रहरु, विभिन्न कृषिसँग सम्बन्धित क्षेत्रमा लगानी गर्ने, विभिन्न संघ, संस्था, कम्पनी तथा अन्य संगठीत संस्थाहरुले माग गर्ने वोलपत्रमा सहभागी भई ठेक्का पट्टाको कार्य गर्ने आदि कम्पनीको उद्धेश्य रहेको सञ्चालक सदस्य मिलन कोइरालाले जानकारी दिनुभयो ।

कम्पनीका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव दिनेशकुमार सुवेदीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्