काठमाण्डौ, २ फागुन । विवेकशील साझा पार्टीका नेता पुरुषोत्तम ढुंगेल राप्रपामा प्रवेश गर्नुभएको छ । काठमाडौं १ बाट विगतमा प्रदेश सभामा उम्मेदवार रहेका ढुंगेल राप्रपा प्रवेश गर्नुभएको हो।
राप्रपाको नीति, विचार, सिद्धान्तप्रति प्रतिबद्ध हुने, राप्रपाले अवलम्बन गरेको बाटो बाहेक अर्को बाटोबाट देशको शान्ति, समृद्धि र स्थायित्व असम्भव रहेको निष्कर्षका साथ राप्रपामा समाहित भएको उहाले बताउनुभयो ।
उहालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गर्नुभयो । यस्तै, हिमालय कलेजकी सञ्चालिका तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष संगीता सिलवाल, पत्रकारिता र सामाजिक क्षेत्रमा क्रियाशील विवेक पंगेनी र चार्टर्ड एकाउन्टेन्ट अध्ययनरत समीक्षा अर्याललाई पार्टीको सदस्यता प्रदान गरीएको छ ।
राप्रपाले ०८१ लाई पार्टी प्रवेश वर्षको रूपमा घोषणा गरेर अभियान चलाइरहेको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।