काठमाण्डाै, ३० माघ । भारतका शुभमन गिल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५०० सय रन बनाउने खेलाडी बनेका छन् ।
अहमदाबादमा इङ्गल्यान्डसँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा गिलले यो उपलब्धि हासिल गरेका हुन् । उनले ५० पारीमा २५०० रन पूरा गरेका हुन् । यसअघि दक्षिण अफ्रिकाका हाशिम आमलाले ५१ र पाकिस्तानका इमाम–उल–हकले ५२ पारीमा २५०० रन पूरा गरेका थिए ।
गिलले सन् २०१९ को जनवरीमा न्युजिल्यान्डसँगको खेलमा भारतका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । आफ्नो ५०औं खेलमा शुभमन गिल शतक बनाएर आउट भए ।
तीन खेलकाे एकदिवसीय शृङ्खला भारतले एक खेलअघि नै जितिसकेकाे छ । शृङ्खलामा भारत २–० ले अघि छ । भारतले पहिलाे र दाेस्राे खेलमा समान ४ विकेटले जितेकाे थियाे । यसअघि भएकाे पाँच खेलकाे टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि भारतले ४–१ ले जितेकाे थियाे ।