Logo

संसद्का गतिविधि र सरकारका कामको समर्थन गर्दै अघि बढ्ने सत्तारुढ दलको निष्कर्ष



काठमाडौँ,  १४ माघ । सत्तारुढ दलहरूले संसद्का काम कारवाही तथा सरकारका सकारात्मक कामका बारेमा एक ठाउँमा उभिएर अघि बढ्ने निष्कर्ष निकालेका छन् ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले यस्तो निष्कर्ष निकालेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

उहाले बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संसदको काम कारवाहीमा सत्तारुढ दलहरू एक ठाउँमा उभिएर सशक्त ढंगबाट सरकारका सकारात्मक कार्यहरूप्रति समर्थन जनाउँदै अघि बढ्ने निष्कर्ष भएको बताउनुुभयो ।

त्यस्तै, अध्यादेशका विषयमा सोधिएको प्रश्नमा उहाले विधेयक र अध्यादेश फरक भएको उल्लेख गर्दै संसदमा पेश गरिने र ठिक नलागेको अवस्थामा अध्यादेश फेल गर्ने अधिकार संसदमा विद्यमान नै रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्