Logo

संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने सरकारकाे निर्णय



काठमाण्डाै, ७ माघ ।  सरकारले संसद्को हिउँदे अधिवेशन यही माघको १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १८ गते शुक्रवार संसद्को बैठक आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।

संसद् अधिवेशन बोलाउने विषयमा आजै दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो । सरकारले संसद्को अधिवेशन नबोलाउने र अध्यादेशबाट देश चलाउन खोजेको भन्दै विपक्षी दलले आन्दोलनको चेतावनी दिइरहेको बेला सरकारले अधिवेशन आह्वानकाे सिफारिश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्