काठमाडौं, ३० भदौ । सरकारले जारी संसद अधिवेशन अन्य गर्न सिफारिश गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सोमबारको वैठक बसेर राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष शिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
माओवादीले ‘हिंसा’ शब्द प्रति आपत्ति जनाउदै संसदको अवरोध जारी राखेपछि सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन
सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले आगामी मंसिर १६ मा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
निर्वाचन आयोगले आइतबार मात्रै सरकारलाई आगामी मंसिर १६ गते उपनिर्वाचन गर्नका लागि सुझाव दिएको थियो । उक्त सुझाव अनुसार नै सरकारले निर्णय गरेको हो । निर्वाचन आयोगका अनुसार ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष सहित ३९ पद रिक्त छ ।