Logo

सदन छलेर अध्यादेश ल्याउनु उचित होइन : प्रचण्ड



चितवन, ३ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताउनुभएको छ।

चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सब समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सबैको चिन्ता संविधान, समावेशिता र सङ्घीयताको संरक्षण गर्ने हुनुपर्नेमा जोड दिनुभयो।

सरकारले नियमित सदन बोलाएर विधेयक ल्याउनुपर्ने उहाको भनाइ थियो।

“सदन छलेर अध्यादेश ल्याउनु उचित होइन”, अध्यक्ष दाहालले भन्नुुभयो। सरकारले संविधान र लोकतन्त्रको मर्म विपरीत अध्यादेश ल्याएको उहाको आरोप थियो। संविधान र लोकतन्त्रको मर्म र भावना अनुरुप काम गर्न अध्यक्ष दाहालले सरकारसँग आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्