काठमाडौं, १९ वैशाख । सरकारले विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने भएको छ ।
सरकारकाे तर्फबाट आज सङ्घीय संसद्काे संयुक्त बैठकमा आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणका क्रममा देखापरेका कमी–कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति, संस्कृति फेर्ने बताउनुभयाे ।
साथै सरकारले परियोजनालाई वर्गीकरण गरी आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न हुने र यस संसद्को अवधिभित्र सम्पन्न हुनेगरी समय तालिका निर्धारण गर्ने भएको छ । यस्तै सरकारले निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्राेतको आँकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगित गर्ने, त्रुटिपूर्ण परियोजना खारेज गर्ने घाेषणा गरेकाे छ ।