झापा, २७ साउन । सर्पको टोकाई बाट विर्तामोड ७ मा एक महिलाको मृत्यु भएको छ । बिर्तामोड ७ गरामनी निवासी धनमाया पौडेल को सर्पको टोकाई बाट आज विहान मृत्यु भएको हो ।
विहान ६:३० वजे धनमायालाई घरभित्रै सर्पले डसेको थियो । घर भित्र भकारी राखेको ठाउमा आलु लिन जादा उहालाई खुट्टामा दुुई पटक सर्पले डसेको स्थानीय शिक्षक धमेन्द्र मामाले जानकारी दिनुभयो ।
तत्काल उपचारको लागि चारआली लगीएको भए पनि त्यहा उपचार सम्भव नभएकोले वि एण्ड सि हस्पिटलमा उपचारका क्रममा धनमायाको मृत्यु भएको जनाईएको छ ।,