घोराही, ३० साउन । दाङमा सर्पको टोकाइबाट छोरीको मृत्यु भएको । आमा गम्भीर घाइते भएकी छिन् ।
घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा मंगलवार राती करिव करेत सर्पले टोक्दा ६ वर्षीया बालिका इन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।
प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार सर्पले टोकेर गम्भीर घाइते इन्दुको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा विहान ५ बजे मृत्यु भएको थियो ।
प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार सर्पको टोकाइबाट गम्भीर घाइते बालिकाकी आमा २५ वर्षीय आश्मा चौधरीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेको छ । सर्पले सुतेको समयमा इन्दुको टाउको र आश्माको दायाँ हातमा टोकेको थियो ।