Logo

सर्लाहीको बरहथवामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु



सर्लाही, १६ पुस । सर्लाहीको बरहथवामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।

नयाँरोड-मधुवनी सडकखण्ड अन्तर्गत बरहथवा नगरपालिका-९ मूर्तियामा गएराति उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० गौतम थापाका अनुसार घटना सोमबार राति सवा आठ बजेतिरको हो।

उखु लिएर सर्लाहीकै हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगतर्फ जाँदै गरेको ज १ त ९८७६ नम्बरको ट्याक्टरसँग नयाँरोडबाट बरहथवातर्फ जाँदै गरेको ज ४ प ३७७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको उहाले जानकारी दिनुभयो। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

‘दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–५ का २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकलको पछाडि सवार सोही ठाउँमा २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको डीएसपी थापाले जानकारी दिनुभो।

दुर्घटनामा गम्भीर घाइते भएका हरिन्द्रको एडभान्स सञ्जीवनी अस्पताल बरहथवामा मृत्यु भएको हो। त्यसैगरी पुरुषोत्तमको बयोधा अस्पताल वीरगन्जमा मृत्यु भएको हो।

 

प्रतिक्रिया दिनुहोस्