Logo

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानविन हुन्छः महामन्त्री थापा



काठमाडौं, २५ भदौ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी उपसभापति धनराज गुरुङको नाम सहकारीमा जोडिएको भन्दै निष्पक्ष छानविन हुने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस पार्टीका विधान, परम्परा, निर्णयहरुले कुनैपनि प्रकरणमा कानून उल्लंघन गरेको भए उसले उन्मुक्ति पाउन नहुने बताउनु भयो ।

उहाँले शक्तिशाली, सत्तासिन, नाता पर्ने जो कोही भएपनि आरोप प्रमाणित भए दण्ड व्यहोर्नुपर्ने बताउनु भयो । उहाँले संसदमा नै उपसभापति गुरुङले सो बारेमा आफूमाथि छानविन गर्न आग्रह गर्नुभएको भन्दै संसदीय समिति बनाएर छानिवन गर्न झनै सहज भएको बताउनु भयो ।

उहाँले नाम जोडिएपछि छानविनको दायरामा आउने बताउनु भयो । महामन्त्री थापाले पार्टीको विधानले नै अपराध गरेको भए दण्ड व्यहोर्नुपर्ने भनेकाले काँग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आएको बारेमा किन मौन बसेको भन्ने प्रश्न नै नहुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्