Logo

सांसद दीपक बोहराको निधन



काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का‍ सांसद दीपक बोहराको निधन भएको छ।

राप्रपाका वरिष्ठ नेता बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो।

रुपन्देही क्षेत्र नम्बर- १ बाट निर्वाचित सांसद बोहरा पूर्वमन्त्रीसमेत हुन्।

उनको शवलाई भैरहवा लैजाने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ।

केही समयअगाडि मात्र उनकी छोरीको निधन भएको थियो।

पञ्चायत कालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका उनी कमै उमेरमा मन्त्री बनेका थिए।

उनी चुनावकै समयमा पनि प्रचारमा बोल्न सक्ने अवस्थामा थिएनन्। उनकी भतिजी स्वाती थापाले प्रचारमा सघाएकी थिइन्। स्वास्थ्य समस्याका कारण सार्वजनिक कार्यक्रममा पनि उनको सहभागिता देखिँदैनथ्यो।

प्रतिक्रिया दिनुहोस्