Logo

सिंगापुरमाथि नेपालको ऐतिहासिक जित



काठमाडौँ, ८ चैत । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ।

सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजाित गरेको हो।

नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित निकाल्दै इतिहास रच्न सफल भयो।

नेपालको ऐतिहासिक जितमा जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरे। उनले खेलको १२औं मिनेटमा गोल गरेका थिए।

मनिष डाँगीले दिएको पासमा कार्कीले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेका हुन्।

नेपालले सिंगाापुरविरूद्धको औपचारिक खेलमा पहिल पटक गोल गर्न सफल भएको हो। १९८२ देखि सिंगापुरसँग खेल्न थालेको नेपालले पहिलो पटक जित र गोल गर्दै इतिहास रच्न सफल भयो।

नेपालले सिंगापुरसँग ३६ वर्षपछि खेलेको हो।

प्रतिक्रिया दिनुहोस्