झापा, २ असोज । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित हुनुभएको छ ।
समितिको उपाध्यक्षमा किरण कपुरी, सचिव इन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान विष्ट नै पुनः निर्वाचित हुनुभएको हो । सदस्यहरुमा पनि साविककै लीला मुखिया अधिकारी, शशिकला मुखिया सुनुवार, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नविज जोगी नै पुनः निर्वाचित हुनुभएको हो ।
लेखा सुपरीवेक्षण समितिका संयोजकमा रमेशकुमार अधिकारी र सदस्यहरुमा पनि साविककै मीनप्रसाद गुरागाईं र ओमराज राई चयन हुनुभएको छ ।
झापाको विर्तामोडमा बुधवार सम्पन्न माइन्युट प्रमाणाीकरण सभामा निर्वाचित पदाधीकारी तथा सदस्यले सपथग्रहण समेत गरेका छन् ।
कार्यक्रममा उत्कृष्ट सदस्य, सेवा केन्द्र र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । १४ औँ वार्षिक मुल माइन्युट प्रमाणितसभामा सहकारीले आर्थिक वर्ष २०८०/०८१ का उत्कृष्ट शेयर सदस्य कमल पाण्डे, फूलमाया तामाङ, वीरबहादुर राई , पर्शुराम बस्नेत, अजय शाहलाई सम्मानसहित पुरस्कृत गरेको छ ।
त्यस्तै, वर्ष उत्कृष्ट पत्रकारका रुपमा इजलास दैनिकका सम्पादक प्रदिप परियार र निष्कर्ष न्युजका सम्पादक विष्णु पौडेललाई नगद १० हजारसहित सम्मान गरिएको छ ।
सोही अवसरमा सिलाई बुनाई तालीममा उत्कृष्ट शेयर सदस्य बब्ली खातुनलाई मेसिन प्रदान गरिएको छ ।
४६ करोड १० लाख २५ हजार ३६९ रुपैयाँ आम्दानी
सहकारीले गत आवमा ४६ करोड १० लाख २५ हजार ३६९ रुपैयाँ आम्दानी गरेको छ । संस्थाले ५ करोड २७ लाख ६५ हजार ७२४ रुपैयाँ खुद नाफा गरेको संस्थाका अध्यक्ष भट्टराईद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सिम्रिकले गत आवको आम्दानीबाट ४१ लाख १३ हजार ८१२ रुपैयाँ राजश्व तिरेको जनाएको छ ।
खुद आम्दानीबाट संस्थाले १ करोड ४० लाख ७५ हजार ३१९ रुपैयाँ शेयर लाभांश कोषमा छुट्याएको र ४.९५ प्रतिशतले वितरण गर्न लागिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिनुभयो ।
’एक घर एक सदस्य अभियानस सिम्रिक सफलताको हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ संचालित सिम्रिकले झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा ४६ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको छ । संस्थामा ६४२३६ जना शेयर सदस्य र ३२ करोड ९६ लाख ६६ हजार ९ सय रुपैयाँ शेयर पूँजी रहेको छ ।
बिर्तामोड नगरपालिका प्रमुख पवित्रा देवीमहतारा प्रसाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, झापा जिल्ला सहकारी संघका सञ्चालक समिति सदस्य केशव बस्नेत, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले स्वागतगरेको कार्यक्रमको सञ्चालन संस्थाका कर्जा विभाग प्रमुख प्रेम बस्नेत (विजय)ले गर्नुभएको थियो ।