Logo

सीटीईभीटीको उपाध्यक्ष बराल पदमुक्त



काठमाडौँ, २० माघ । सीटीईभीटीका उपाध्यक्ष ओमप्रसाद बराल पदमुक्त भएका छन् ।

आइतबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले बरालको नियुक्त कानून विपरीत भएको ठहर गर्दै बदर गर्ने आदेश दिएको हो ।

सर्वोच्चले सरकारले योग्यता नै नपुगेको व्यक्तिलाई नियुक्त गरेको भन्दै मन्त्रिपरिषद्को २०८१ मंसिर ६ गतेको निर्णयअन्तर्गत उपाध्यक्षको नियुक्त आदेशद्वारा बदर हुने ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्