Logo

सुनको भाउ घट्याे, चाँदीको सामान्य बढ्यो



काठमाण्डौ, १५ फागुन ।  सुनको भाउमा आज दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ दुई सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँ थियो । अस्ति मङ्गलवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्