Logo

सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले बढ्यो



काठमाण्डौ, २८ माघ ।  सुनको भाउ आज एकैदिन एक हजार चार सय रुपैयाँले बढेको छ । सुन आज एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार दुई सय रुपैयाँ रहेको थियो । पछिल्लो समय सुनको भाउ लगातार बढीरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ६० रुपैयाँमा कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्