Logo

सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो



काठमाण्डौ, ३० माघ ।  सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ । सुन आज तोलामा दुई हजार सात सय रुपैयाँले घटेर तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । केही दिनअघिदेखि  लगातार बढीरहेको सुनको भाउ आज भने घटेको हो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँमा कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्