काठमाडौं, २७ चैत । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पाँच रुपैयाँ बढेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।