Logo

स्थानीय तह उपनिर्वाचनका लागि असोज १० देखि दल दर्ता



 

काठमाडौं असोज,२ गते । निर्वाचन आयोगले १३ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय दिइएको छ ।

त्यस्तै असोज २० मा दल दर्ता स्वीकृत गर्ने, कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, कात्तिक३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र मंसिर  २ देखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगको कार्यतालिका छ । त्यसपछि  मंसिर १६ मा निर्वाचन हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्