झापा, ४ कात्तिक । हरियाली सामुदायिक वन उपभोक्ता समूह बिर्तामोडको १६ औ बार्षिक साधारणसभाबाट पुन: जगत कुमार राई अध्यक्षमा चयन हुनु भएको छ ।
समितिमा उपाध्यक्ष मनि कुमार भट्टराई, सचिव कृष्णमाया चौधरी, सह सचिव मनि कुमार राई कोषाध्यक्ष गोमा सुवेदी त्यसै गरि सदस्यहरुमा केदार खतिवडा, चन्द्र बहादुर नुगो, खेमकुमारी दाहाल, दुर्गा सुवेदी, महेन्द्र राई, बुद्धराज सुब्बा, योगमाया माझी राई, कृष्णकुमारी पौडेल बराल, सावित्रा कन्दङ्वा राई, यशोदा अधिकारी, गंगा भट्टराई, खड्ग भट्टराई, वासुदेव बराल, लक्ष्मीमाता सेवाहाङ्ग, टेकनाथ अधिकारी, मनोनित सदस्य रविन राई चयन हुनु भएको छ ।
समुहको लेखा समितिमा संयोजक विष्णुप्रसाद पोखरेल, सदस्यहरु गणेश कुमार कन्दङ्वा, जिवन बास्कोटा, आइतमाया शेर्मा लिम्बु, उषा अधिकारी रहनु भएको निर्वाचन संयोजक रामकुमार कन्दङ्गवाले बताउनु भयो ।
बन(दोस्रो संसोधन) नियमावली २०८१ अनुसार समितिको ५ बर्से कार्यकाल सफलता एवम् उपभोक्ताहरुको सेवा, हरियाली र बाताबरण संरक्षणमा लागी रहन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड ६ का अध्यक्ष सर्य प्रसाद कन्दङ्गवा, बिशिस्ट अतिथिहरु लोकबन्धु कन्दङ्गवा, तेजप्रसाद कन्दङ्गवा, दाताराम तिमसिना, मेची सब डिभिजन कार्यालय प्रतिनिधि डिल्लीराम खरेल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
जगत कुमार राइको अध्यक्षतामा संचालित कार्यक्रमको सहजीकरण कार्यालय सचीव धनसरी राइले गर्नु भएको थियो ।