काठमाण्डौ, १४ फागुन । हिजो कीर्तिमान बनाएको सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ ।
सुनको भाउ आठ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि घटेकाे छ । चाँदीकाे भाउ ३० रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ४० रुपैयाँ कायम भएको छ ।