काठमाडौं, १७ चैत । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छुटेका छन् ।
उनलाई म्याद थप नगरी रिहा गरिएको हो । नेपाल संयुक्त जनआन्दोलन समितिका प्रवक्ता हुन् ।
उनलाई आफ्नै ल फर्मबाट पक्राउ गरिएको थियो । प्रदर्शन भएको दिन उनी परीक्षामा सामेल थिए । उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो ।