काठमाडौं, १९ फागुन । पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ। आइतबार साँझ हृदयघात भएपछि उहालाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिनुुभयो।
शाहलाई हिजो साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको र अस्पतालले सबै ठिक छ भनेको पाठकले बताउनुभयो ।