Logo

अंगीकृतका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ: ओली



जनकपुरधाम, २७ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अंगीकृत नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताएका छन् ।

सोमबार जनकपुरधामको आमसभालाई सम्बोधन गर्दै उनले आफूहरू जन्मसिद्धका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने पक्षमा रहेको बताए ।

‘जन्मसिद्धका सन्तानले वंशजको आधारमा नागरिकता पाउने चार लाइन मात्रै लेखेर अर्को विधेयक ल्याउनुस् भोलि पास हुन्छ । हामीले भनेका छौँ, नभए संशोधन प्रस्ताव ल्याउनुस् । छलफल गरौँ भनेका छौँ । तर उनीहरू गर्न तयार छैनन्,’ उनले भने, ‘उनीहरूले जन्मसिद्धलाई नागरिकता दिने पक्षमा छैन । उनीहरूलाई झुठको खेती गर्नु छ । जनतालाई अल्मल्याउनु छ । र, सरकारमा बनाउनु छ ।’

प्रतिक्रिया दिनुहोस्