Logo

अकर्मण्यता र असफलताका कारण राष्ट्रियता सङ्कटमा: लिङ्देन



काठमाडौँ, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य व्यवस्था बेथिति र विसङ्गतिको पुलिन्दा बनेको आरोप लगाएका छन् ।

बिहीवार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले सत्तारूढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता सङ्कटमा परेको दाबी गरे । उनले नेपालमा विदेशी चलखेल र प्रभाव दिनदिनै बढदै गएकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।

अध्यक्ष लिङदेनले विदेशीसामु प्रमुख दलहरूले अनुसरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको दाबी गरेका छन् ।

उनले भने, ‘सत्तारूढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता सङ्कटमा छ । सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको छ । अस्थिरताको बाटो सिर्जना गरेको छ । राज्य व्यवस्था बेथिति र विसङ्गतिको पुलिन्दा बनेको छ ।’

प्रतिक्रिया दिनुहोस्