Logo

अक्सिजन प्लान्टमा विष्फोट: एक जनाको मृत्यु, ६ जना घाइते



काठमाडौँ, ८ वैशाख । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् ।

औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको र अहिले उद्धारको काम चलिरहेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्