मेचीनगर, ६ असार । मेचीनगर नगरपालिकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई सम्मान गर्दै ९ बुद्धे ध्यानाकर्षण पत्र बुझाएको छ ।
आज नगरको कार्यालय पुगेर युनियनका केन्द्रीय सचिवालय सदस्य दुर्गा धमलाको नेतृत्वमा नगर प्रमुखलाई सम्मान गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
संगठनले शैक्षिक गुणस्तर कायम गर्नु पर्ने, कक्षा १२ सम्म पुर्ण नि:शुल्क शिक्षाको व्यवस्था गर्नु पर्ने माग राखेको छ । युनियनले नगर भित्र प्राबिधिक शिक्षाको स्थापना गरि विद्यार्थीलाई शर्वशुलभ हुनु पर्ने, नगरभित्रका सबै विद्यालयमा आफ्नै पाठ्यक्रम बनाइ लागु गर्नु पर्ने माग राखेको छ ।
त्यसैगरी सामुदायिक क्याम्पसमा यातायातको व्यवस्था हुनु पर्ने, खेलकुद क्षेत्रको विकास गरि विद्यार्थीलाई खेलकुद गतिविधिमा जोडन माग राखेको छ । नगरभित्र छात्रवृत्ति कोष स्थापना गरि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई उच्च शिक्षाको व्यवस्था गर्न माग समेत राखेको हो ।
उक्त अवसरमा अखिलका नगर अध्यक्ष विरु मेचे, आशिष पौडेल, बिनिता न्यौपाने, अजित राजवंशी, सचेत घिमिरे, ईश्वर रिजाल, सरोज धमला, नविन गडतौला, सबु श्रेष्ठ, जुना खतिवडा, विशाल पुरी, मनसन पौडल, सागर शिवाकोटी, सन्देश पौडेल, सगंम बराल, दिपिका बुढाथोकी र यामकुमार लिम्बू लगायतको उपस्थित रहेको थियो ।